काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले सर्वोच्च अदालतमा गोरु ब्याएको बताएका छन् । अध्यक्ष थापाले सोमबार सर्वोच्च अदालतले संसद विघटन सदर गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएसँगै ट्विटरमा यस्तो टिप्पणी गरेका हुन् ।
बरिष्ठ राजनितिज्ञ स्व.राजेश्वर देवकोटाको शब्द सापटि लिंदै थापाले भनेका छन् ‘सर्वोच्च अदालतमा आज गोरू व्यायो।’ साथै उनले राजनीतिक फैसला कार्यान्वयनमा जटिलता हुने र देश अस्थिरतामा फस्ने खतरा समेत रहेको बताएका छन् ।






