काठमाडौं । सोमबार सर्वाेच्च अदालतले प्रतिनिधि सभा पुन:स्थापना गर्ने र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने परमादेश जारी गरेसँगै नेपाली कांग्रेसका नेता गगन थापाले सर्वाेच्च अदालतको फैसला कार्यान्वयननमा बाधा पुर्याउने मुर्खता कतैबाट हुन नहुने टिप्पणी गरेका छन्।
सामाजिक सञ्जाल ट्विटरमार्फत् धारणा सार्वजनिक गर्दै थापाले प्रतिनिधि सभा विघटन असंवैधानिक रहेकाे र सर्वाेच्च अदालतले व्याख्या गर्दै संविधानको रक्षा गरेको बताएका छन्।
‘अदालतको आदेश मन परेन भने असहमत हुन पाइन्छ तर, अस्वीकार गरिँदैन। उत्तेजना, दम्भ र अहंकार बोकेर फैसला कार्यान्वयनमा बाधा पुर्याउने मुर्खता कतैबाट नहोस् भन्ने आशा गराैं। नत्र भीरबाट खस्नेलाई रामराम’, थापाले लेखेका छन्।
प्रतिनिधिसभा विघटन असंवैधानिक थियो,सर्बोच्च अदालतले व्याख्या गर्दै संविधानको रक्षा गरेको छ।अदालतको आदेश मनपरेन भने असहमत हुन पाइन्छ तर अस्वीकार गरिँदैन।उत्तेजना,दम्भ र अहंकार बोकेर फैसला कार्यान्वयनमा बाधा पुर्याउने मूर्खता कतैबाट नहोस् भन्ने आशागराैं।नत्र भिरबाट खस्नेलाई रामराम
— Gagan Thapa (@thapagk) July 12, 2021






