मृत्यु भइसकेको व्यक्तिको भत्ता निकासा लिई हिनामिना, दुई गाविस सचिवविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन दुई गाविस सचिवविरुद्ध मुद्दा दायर गरेको छ ।

जाजरकोटको साविक लहँ गाविसका तत्कालीन सचिवद्वय दोर्णप्रसाद पौडेल र दीपक सुनारविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो।

उनीहरूले सामाजिक सुरक्षा भत्ता वितरण गर्दा सम्बन्धित व्यक्तिलाई नबुझाई कीर्ते हस्ताक्षर ल्याप्चे गरी बुझी भरपाई खडा गर्नुका साथै मृत्यु भइसकेको कतिपय व्यक्तिको नाउँको भत्ता निकासा लिई हिनामिना गरेको अख्तियारले जनाएको छ।

गाविस सचिव पदमा कार्यरत दोर्णप्रसाद पौडेलले विभिन्न आर्थिक वर्षमा सामाजिक सुरक्षा भत्तावापतको रकम वितरण गर्दा झुठा कागज तयार गरी ५ लाख ९३ हजार २ सय व्यक्तिहरुलाई नबुझाई घोटाला गरेको पाइएको अख्तियारले जनाएको छ।

त्यस्तै, दीपक सुनारले विभिन्न आर्थिक वर्षमा सामाजिक सुरक्षा भत्तावापतको रकम वितरण गर्दा झुठा कागज तयार गरी ४ लाख ४० हजार सम्बन्धित व्यक्तिहरुलाई नबुझाई अनियमित गरेको भन्दै अख्तियारले मुद्दा दायर गरेको हो।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार