धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिका ४ का वडाध्यक्ष सोवित निरौला रिहा भएका छन् ।
पाख्रीवास नगरपालिकाको ८ औं नगरसभाको विषयलाई लिएर नगरले लगाएका मुद्दामा गत असार १७ गते प्रहरी समक्ष वडाध्यक्ष निरौलाले स्वयम् गिरफ्तारी दिएका थिए ।
वडाध्यक्ष निरौला ८ दिनपछि धरौटीमा रिहा भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
रिहा हुँदै गर्दा वडाध्यक्ष निरौलाले जिल्ला प्रशासन कार्यालय समक्ष स्थानिय सरकार सञ्चालन ऐनमा उल्लेखित वडाध्यक्षको काम कर्तव्य र अधिकार अनुसार आफुले वडामा काम गर्न पाउनु पर्ने माग राखेका छन् ।
साथै उनले सत्यका लागि आफ्नो जीवन पर्यान्त सम्म आफु संघर्ष गरिरहने पाख्रीवास नगर र वडावासी समक्ष प्रतिवद्वता व्यक्त गरेका छन् ।






