काठमाडौँ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले निषेधाज्ञाका क्रममा पनि बजार अनुगमन प्रभावकारी रुपमा भएको दावी गरेका छन ।
संचार केन्द्र नेपालले शुक्रबार काठमाडौंमा गरेको बजार अनुगमनको अवस्था र सुशासन बिषयक अन्तक्र्रियामा पराजुलीले निषेधाज्ञाका क्रममा पनि बजार अनुगमन भएको र कारवाही पनि गरिएको बताए । उनले बजार अनुगमनमा कसैको दवाव र प्रभाव नपरेको बताए । स्वास्थ्य मापदण्डका साथ खोजिएका बजारमा पनि निरन्तर अनुगमन गरेको उनले बताए । उहाले कालाबजारी गर्नेलाई कडा कारवाही गर्ने स्पष्ट पारे ।
त्यस्तै आपूर्ति तथा उपभोक्ता हकहित संरक्षण बिभागका महानिर्देशक प्रकाश पौडेलले सीमित स्रोत र साधनको बाबजुत पनि बिभागले निरन्तर अनुगमन गरिरहेको बताए । चाडपर्वमा अलि बढि अनुगमन गरेको देखिएपनि बिभाग अन्य समयमा पनि सक्रिय रहेको र उपभोक्ताको अधिकार स्थापीत गर्न गम्भीर रहेको धारणा राखे ।
राष्ट्रिय उपभोक्ता मन्चका अध्यक्ष प्रेमलाल महर्जनले कालाबजारीलाई प्रशासनले संरक्षण गरेसम्म कालाबजारी नरोकिने बताए ।
उनले बजार अनुगमनको अधिकार स्थानीय तहलाई दिदा अनुगमनको प्रभाव कम हुने जिकिर गरे ।






