निगमका कर्मचारीहरूले निगमलाई नीजिकरण गर्न तयार गरिएको प्रवन्धपत्र जलाए

उज्यालो प्रतिनिधि २५ असार २०७८, शुक्रबार उज्यालो फोकस

काठमाडौँ । नेपाल वायुसेवा निगमका कर्मचारीहरूले निगमलाई नीजिकरण गर्न तयार गरिएको प्रवन्धपत्र जलाएका छन् ।

शुक्रबार कर्मचारीहरुले निगममा विरोध प्रदर्शन गर्दै प्रस्ताविक कम्पनीको प्रवन्धपत्र जलाएका हुन् ।

निगमका तीनवटा कर्मचारी संगठनले निगमलाई निगमलाई निजीकरण गर्ने निर्णय फिर्ता नलिएसम्म आफूहरूको आन्दोलन जारी रहेको भन्दै आन्दोलनकै क्रममा प्रवन्धपत्र जलाएको बताएका छन् । उनीहरुले निगम निजिकरण बन्द गर, निगम बेच्न पाइदैन, महाप्रवन्धक राजीनामा दे लगाएका प्लेकार्ड प्रर्दशन गर्दै नारावाजी गरेका थिए ।

कर्मचार्रीहरुले निगमलाई धरासयी बनाउदै नीजिकरण गर्न लागेको भन्दै महाप्रवन्धक डिम प्रकाश पौडेलको राजीनामा समेत माग गरेका छन् ।

उनीहरुले निगमलाई निजिकरण गर्न निगमको सम्पतिको कम मूल्यांकन गरेको र निगम बेच्ने रणनीति बनाएको आरोप लगााएका छन् । कर्मचारीको निरन्तरको आन्दोलनले निगम परिसर अस्तव्यस्त देखिएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार