जसपाको विवाद टुंग्याउन निर्वाचन आयोगले थाल्यो प्रक्रिया

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको विवाद टुंग्याउन निर्वाचन आयोगले आवश्यक प्रक्रिया सुरु गरेको छ ।

बुधबार बसेको आयोग पदाधिकारीहरुको बैठकले प्रमुख आयुक्त दिनेश थपलियाको नेतृत्वमा पाँच सदस्यीय इजलास गठन गरेको हो । बैठकले सुनुवाका लागि आगामी साउन ३ गते आइतबार दुबै पक्षलाई बोलाउने समेत बैठकले निर्णय गरेको छ । यसअघिको छलफलमा दुवै पक्षले आ आफ्नो आधिकारिकता दावी गर्दै एकता सम्भव नरहेको बताएपछि आयोगले वैधानिक ढंगले विवाद समाधानको प्रयास थालेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाले दुवै पक्षबाट लिखित जवाफ आएको १५ दिनभित्रै निरुपण गर्ने बताए ।

राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ को ५ मा ‘विवादका पक्षहरू उपस्थित भई विवाद निरुपण गर्न सहमत भएमा आयोगले पक्षहरूबीच भएको सहमति बमोजिम विवाद निरुपण गर्ने’ उल्लेख गरिएको छ । तर छलफलमा दुवै पक्ष सहमत नभएकोले अब राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ को ६ अनुसारको प्रक्रिया सुरू हुने आयोगले जनाएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार