ओलीसँग असन्तुष्ट बने विप्लव, प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने

काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग असन्तुष्ट बनेको छ ।

गत फागुन २१ गते विप्लव समूह र ओली नेतृत्वको सरकारबीच भएको तीन बुँदे सहमतिअनुसार आफ्नो नेता कार्यकर्ताको रिहाइमा ढिलाइ भएको भन्दै विप्लव समूह असन्तुष्ट बनेको हो ।

सहमतिअनुसार आवश्यक कानुनी प्रक्रिया पुरा गरेर पक्राउ परेका विप्लवका नेता कार्यकर्तालाई तत्काल रिहा गर्ने भनिएको थियो । तर सहमतिको ४ महिना बितिसक्दा पनि अधिकांश नेता कार्यकर्ता अझैपनि जेलमा रहेका हुन् ।

यसैबीच पक्राउ परेका कार्यकर्ता रिहाइको विषयमा छलफल गर्नका लागि विप्लव नेतृत्वको नेकपाका नेताहरु बालुवाटार जाँदैछन् । प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड नेतृत्वको टोली बालुवाटार जान लागेको एक नेताले बताए । सो क्रममा उनीहरुले ३ बुँदे सहमति कार्यान्वयनका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने बताइएको छ ।

 

 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार