कांग्रेसको क्रियाशिल सदस्यता बितरणमा नेताहरुबीच देखिएको विवाद समाधान

काठमाडौँ । महाधिवेशनको संघारमा रहेको नेपाली कांग्रेसको क्रियाशिल सदस्यता बितरणमा नेताहरुबीच देखिएको विवाद समाधान भएको छ ।

पार्टी कार्यालय सानेपामा शुक्रबार बसेको कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले क्रियाशिल सदस्यता बितरणमा देखिएको समस्या सहमतिमा नै टुङ्गाउने सहमति भएको हो । क्रियाशिल सदस्यताका बारेमा परेको उजुरी र गुनासो सहमतिमा नै टुङ्गाउने सहमति भएको कांग्रेस नेता एवं क्रियाशिल सदस्यता छानविन समितिका संयोजक रमेश लेखकले जानकारी दिए । त्यस्तै अन्य दलबाट कांग्रेसमा समाहित भएका दलका सदस्यको नविकरण पनि सहमतिमा नै गरिने उनको भनाई छ । उनका अनुसार हालसम्म ४ लाख सदस्यले नविकरण गरेका छन् भने ४ लाखको हाराहारीमा नै नयाँ सदस्यता इन्ट्री भएको छ । उनले क्रियाशिल सदस्यताका बारेमा अव कुनै समस्या नरहेको जानकारी दिए ।

उहाले तोकिएको समयमा नै महाधिवेशन र अन्य जिल्ला अधिवेशन हुने जानकारी पनि दिए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार