बिपक्षी गठबन्धन आवद्ध बिद्यार्थी संगठनहरुद्धारा प्रधानमन्त्रीको पुत्ला दहन

उज्यालो प्रतिनिधि १७ असार २०७८, बिहीबार उज्यालो फोकस

काठमाडौँ । बिपक्षी गठबन्धन आवद्ध बिद्यार्थी संगठनहरुले प्रधानमन्त्रीको पुत्ला दहन गरेका छन् ।

बिहीबार प्रदर्शनीमार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पस अघि प्रधानमन्त्री ओलीको पुतला जलाउँदै विरोध प्रदर्शन गरेको हो। प्रतिनिधिसभा विघटन गर्दै प्रधानमन्त्री ओली निरंकुश बन्दै गएको आरोप संगठनहरुले लगाएका छन्। क्याम्पस बाहिर प्रदर्शनमा उत्रेका विद्यार्थीहरुले पुत्ला दहन गर्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको थियो । सो क्रममा प्रहरी र विद्यार्थीबिच केही समय घम्साघम्सी परेको थियो। प्रहरीले केही विद्यार्थी नेतालाई पक्राउ समेत गरेको छ । केपी ओली नेतृत्वको सरकारले महँगी बढाएको, जनताको न्युनतम आधारभूत आवश्यकता पुरा गर्न नसकेको बिद्यार्थी नेताहरुले जनाएका छन् । अखिल (क्रान्तिकारी)का अध्यक्ष .रञ्जित तामाङले प्रतिगमन नसच्चिएसम्म आन्दोलनलाई शसक्त बनाउने चेतावनी दिए । त्यस्तै नेविसंघका अध्यक्ष राजीव ढुंगानाले मुलुकलाई प्रतिगमनतर्फ जानै नदिनका लागि गरिएको प्रदर्शनका क्रममा बिद्यार्थीहरुलाई प्रशासनले दवाउन खाजेको आरोप लगाए ।

त्यस्तै अनेरास्ववियु(माधव पक्ष)का अध्यक्ष सुदेश पराजुलीले बिभिन्न आन्दोलनबाट प्राप्त उपलव्धीलाई समाप्त पर्ने षडयन्त्र भइरहेको बताए ।

सरकारको कामकारवाहीको विरोध गर्दै बिद्यार्थी संगठनहरुले लगातार बिरो प्रदर्शन गर्दै आएका छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार