काठमाडौ । राजसंस्थासहितको बैदिक सनातन हिन्दु अधिराज्य कायम गर्न माग राख्दै स्वास्थ नागरिक नामक अभियानले काठमाडौंमा प्रदर्शन गरेका छन् ।
बुधबार काठमाडौंको माइतिघरमा उनीहरुले शाश बंशीय राजसंस्था सहितको प्रज्ञातन्त्र कायम गर्नुपर्ने र बैदिक सनातन हिन्दु अधिराज्य काम गर्नुपर्ने भन्दै प्रर्दशन गरेका छन् । साथै उनीहरुले निाषेधको राजनीति बन्द गर्नुपर्ने, राष्ट्रिय एकता कायम गर्नुपर्ने जनाएका छन् । प्रदर्शनमा सहभागीहरुले सम्पूर्ण नेपालीलाई कोरोना खोप सुनिश्चित गर्नुपर्ने, हिन्दुराष्ट्र कायम गर्नुपर्ने लगाएतका प्लेकार्ड बोकेका थिए ।






