उज्यालो प्रतिनिधि, रोल्पा । नेपाल शिक्षक महासंघ सुनिल स्मृति गाउँपालिकाका अध्यक्ष कोमल चन्द लगायतका शिक्षकहरुको अगुवाइमा गुणेन्द्र अध्यक्ष घर्ती समक्ष तिनबुदे मागसहित ज्ञापन पत्र बुझाएका छन् ।
उक्त कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत केशवराज पार्ध्रे, शिक्षा अधिकृत यादव के सि लगायतका उपस्थितिमा नेपाल शिक्षक महासंघ रोल्पाका सहसचिव जित बहादुर ओली लगायतको उपस्थिती रहेको थियो ।
जसमा सरकार र शिक्षक महासंघ बिच भएको सम्झौता कार्यनयन गर्न, शिक्षक ,विद्यार्थी ,र अभिभावक लाई खोपको व्यवस्था गर्न र बालबिकास शिक्षक विद्यालय कर्मचारी र कार्यलय सहयोगीलाई संघीय बजेट अनुसार तलबको व्यवस्था गर्न माग गरिएको छ ।
ज्ञापन पत्रबुझे लगत्तै गा.पा अध्यक्ष घर्तिले शिक्षकहरुलाई प्रतिबद्ध गरेका छन् ।
“तपाइहरुको यो पत्रले म लगायत समस्त सरोकारवालाहरुको ध्यानाकर्षण भएको छ । अब हामी छिट्टै गा.पा बैठक बसेर छलफलद्वारा माग अवश्य पुरा गर्ने छौ ।” अध्यक्ष घर्तिले भने ।






