द्वन्द्वमा छोरा गुमाएकी आमाको पीडा : ‘मेरो जस्तो दुःख अरूलाई नहोस्’

धनुषा । नौमुले गाउँपालिका–३ गोपेनीकी नन्दकली रोकाया अहिले ६४ वर्षकी भईन । उन्नाइस वर्षको उमेरमा विवाह गरेकी उनले लगातार चार सन्तान जन्माए ।

छोराछोरी उमेर बढ्दै गएपछि जीवन अझ बढी सुखसमय हुन्छ भन्ने उनको सोचाइ थियो । जीवन सोचे जस्तो भएन, ३० वर्षकै हुँदा उनको खुसी दैवले खोस्यो । श्रीमानको मृत्यु भयो, एक छाक खाएर भए पनि छोराछोरी हुर्काए । छोराछोरीको मायाले गर्दा उनले जवानीमै पति बिना एक्लो भएपनि अर्को विवाह गरेनन । विसं २०५६ मा छोरा अमरको विवाह गरिदिनुभयो । उनीहरूबाट एक नातिनीको जन्म भएपछि केही सान्त्वना मिल्यो ।

त्यतिबेला माओवादी ‘जनविद्रोह’ उत्कर्षमा थियो । गाउँका तरुना तन्नेरीहरु माओवादीमा गएको खबर आइरहन्थ्यो । ‘मेरो पनि छोरालाई लाने पो हुन् कि ?’ भन्ने उनलाई डर लाग्यो । बुहारी दुई महिनाको सुत्केरी थिइन् । छोरा अमरबहादुरलाई माओवादीले नलैजाउन् भन्दै जिल्ला सदरमुकाम पठाए । एक महिना जिल्ला सदरमुकाम बसेका अमर केही काम नपाएपछि घर फर्किए । घरमा गएको मौकामा उनलाई तत्कालीन माओवादीले घरबाटै अपहरण गरेर लगे । ‘‘म घरको भूइँ तलामा सुतेको थिएँ, छोराबुहारी माथिल्लो तलामा सुत्थे । राति आएर माओवादीले छोरालाई लिएर गएछन्” उनी भन्छन ।

छोराको चिन्ताले उहाँलाई सताइरह्यो । माओवादीबाट छुटाएर छोरालाई घर ल्याउन भन्दै नन्दकलीले रु आठ हजार रुपैयाँमा गोरु बेचे । छोराको अवस्थाबारे उहाँले गाउँका जान्ने बुझ्ने सबैलाई सोधे । माओवादीको स्थानीय नेतृत्वबाट एक÷दुई दिनपछि छोड्ने आश्वासन पाए । छोरा आउने आशामा रहेकी नन्दकली धेरै दिन भोकै बसे । छोरालाई केही नहोस् भनेर देवीदेवताको भाकलसमेत गरे । उनको मनको इच्छा न देवीदेवताले बुझे । बरु उल्टै अपहरण भएको एक महिनापछि २०५९ मा साबिकको रानीवन गाविसमा माओवादीले अमरबहादुरको हत्या गरेको खबर आयो ।
एक्कासी छोराको हत्याको खबरले उनलाई ठूलो बज्रपात भए जस्तो भयो । एकपछि अर्को पीडा खेप्दै गएका नन्दकलीसँग बाँच्नुबाहेक अर्काे विकल्प थिएन । केही समयपछि बुहारीले पनि अर्को विवाह गरिन् । अब नातिनीलाई हुर्काउने जिम्मा पनि उनीमाथी नै आइलाग्यो । अहिले तिनै नातिनी उनको बुढेसकालको सहारा बनेकी छन् ।

तत्कालीन समयमा बालुवाटार, सल्लेरी, कालिका, चौराठा र तोली गाविस माओवादीको आधार इलाका मानिन्थ्यो । सरकारको उपस्थिति नहुँदा माओवादीको एकलौटी राज थियो । उनीसँग मरेको छोरा सझिनुको विकल्प रहेन । शान्ति सम्झौतापछि नेपाल सरकारले दिएको राहतसमेत बुहारीले आधा लगेको नन्दकली बताउछन ।

अहिले नन्दकलीलाई खाना लाउन समस्या छ । शारीरिक अवस्था कमजोर हुँदै गएको छ । उनी मुटु र मधुमेहसमेतको बिरामी हुनुहुन्छ । पैसा नहुँदा उपचार गर्न सक्नु भएको छैन । अहिले उहाँलाई छोराको सम्झनाले बढी नै सताउने गरेको छ । उनी भन्छन, ‘‘खै के भएको हो, वनमा न्याउली चरी कराउँदा पनि छोरा न्याउलीको भेष गरेर आयो कि जस्तो लाग्छ र स्वर सुन्नेबित्तिकै आँगनमा पानी राखिदिन्छु’’, उनले भने । जीवनमा दुःखैदुःख झेलेकी नन्दकलीको एउटै मात्र धोको छ, ‘देशमा फेरि युद्ध नहोस् । मेरो जस्तै अरू आमाले पिडा भोग्नु नपरोस् ।’ सशस्त्र द्वन्द्वका क्रममा दैलेखमा राज्य पक्षबाट सयौ व्यक्ति मारिएका छन् भने माओवादी पक्षबाट पनि धेरैले अकालमै ज्यान गुमाएका छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार