काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीसँग भन्दा पनि राष्ट्रपतिसँग दुख लागेको बताएका छन् ।
पत्रकारसँगको अन्तक्र्रियाको क्रममा उनले विद्यादेवी भण्डारी प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकर्ताजस्तो बनेको टिप्पणी गर्दै राष्ट्रपतिको व्यवहारसँग दुख लागेको बताएका हुन् ।
सर्वोच्च अदालतबाट प्रतिनिधिसभा पुनर्स्थापना हुने र आफूलाई प्रधानमन्त्री बनाउन आदेश हुने विश्वास व्यक्त गर्दै उनले भने, ‘राष्ट्रपति ओलीको कार्यकर्ता भइन् । १४९ सांसद आउँदा पनि रातको दुई बजे विघटन गरिन् । केपीसँग भन्दा राष्ट्रपतिसँग दुख लागेको छ ।’






