काठमाडौँ । जातीय विभेदविरुद्ध अखिल क्रान्तिकारी उपत्यकाले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।
सवै प्रकारका जातिय विभेद अन्त्य गर्नुपर्ने भन्दै संगठनले शनिबार काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरुले सवै खाले बिभेद अन्त्य गरौ, बैज्ञानिक समाजवादी व्यवस्था लागू गरौ, रगत चल्ने कोठ नचल्ने लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
प्रदर्शनका क्रममा जातिय विभेद पूर्ण रुपमा अन्त्य गर्नुपर्ने र जातिय बिभेद गर्नेलाई कारवाही गर्नुपर्ने भन्दै नारावाजी गरेका थिए ।






