ल्यापटप चोरी गरेको अभियोगमा सिन्धुपाल्चोकका अधिकारी पक्राउ

उज्यालो प्रतिनिधि १० असार २०७८, बिहीबार उज्यालो फोकस

काठमाडौँ । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलको कार्गोबाट ल्यापटप चोरी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाको टोलीले सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका २९ वर्षीय विष्णु अधिकारीलाई पक्राउ गरि सार्वजनिक गरेको हो । कार्गोमा विदेशबाट जेठ ७ र ११ गते आयात भएको ५ सय ७ वटा ल्यापटपमध्ये १३ वटा चोरी भएका थिए । प्रहरीको अनुसन्धानमा असार ३ गते ६ वटा र जेठ २० गते २० वटा ल्यापटप अधिकारीले चोरी गरेको देखिएपछि नियन्त्रणमा लिएको महाशाखाका एसएसपी चन्द्रबहादुर खापुङले बताए ।

पक्राउ परेका अधिकारीसंग प्रहरीले ८ थान ल्यापटप बरामद गरेको छ । नियन्त्रणमा लिएका अधिकारी नेपाल एयरलाइन्सको लोडर हुन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार