काठमाडाैं । कोरोना भाइरस संक्रमणको दोस्रो लहर फैलिएपछि काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञा खुकुलो गरि जारी छ ।
निषेधाज्ञालाई केहि खुकुलो बनाएपछि जनजिवन केहि सहज भएको छ भने सडकमा उपत्यकामा सवारी साधानको संख्या पनि बढ्दै गएको छ ट्राफिक महाशाखाले काठमाडौँ उपत्यका लगायत निषेधाज्ञा जारी भएका जिल्लाहरुमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, एम्बुलेन्स र जिल्ला प्रशासन कार्यालयले खुल्ला गरेका क्षेत्रका सवारी साधन मात्र सञ्चालन भएको जनाएको छ ।
पछिल्लो समय असार ७ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको थियो । त्यसपछि भने थप खुकलो र नयाँ प्रावधानसहित जनजिवन सहज हुनेगरि निषेधाज्ञा गर्ने तयारी सरकारको छ ।
त्यस्तै निषेधाज्ञाको अबज्ञा गरी चलाइएका ९०१ ओटा सवारी साधनलाई काठमाण्डौ उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । जसमा ७३३ दुई पाङग्रे, १२२ ओटा चार पाङ्ग्रे, २० ओटा ट्याक्सी र २६ ओटा ठुला सवारी साधन रहेको ट्राफिक महाशाखाले जनाएको छ ।






