मेलम्ची बाढी : के छ अहिलेको अवस्था ?

उज्यालो प्रतिनिधि ४ असार २०७८, शुक्रबार उज्यालो फोकस

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची नदीमा आएको बाढीपछि स्थानीय प्रशासनले स्थानीयको दिर्घकालिन र अल्पकालीन व्यवस्थापनको तयारी सुरु गरेको छ ।

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले पिडितहरुलाई अन्य स्थानमा स्थानान्तरण गर्ने, घरहरु सामान्य मर्मत वा घरहरुको पूणरुपमा निर्माण गर्ने लगाएतका दिर्घकालिन र अल्पकालीन व्यवस्थापनको तयारी सुरु गरेको जनाएको हो । बाढीका कारण मेलम्चीका ६०० जना र हेलम्वुका ३०० जना प्रभावितको व्यवस्थापन गर्नुपर्ने देखिएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिए । उनले सम्बन्धीत गाँउपालीका र नगरपालीकासंग समन्वय गरेर क्षतीका थप विवरण संकलन गरिने बताए । उनले पिडितहरुलाई अहिले एक बिद्यालयमा राखिएको र खाधान्न लगाएतका सम्पूर्ण व्यवस्थापन स्थानीय तहले गरेको उल्लेख गरे । बाढीका कारण तीन जनाको मृतकको पहिचान खुलेको, ८४ जनालाइ उद्धार गरिएको र घाइतेमध्ये दुई जनामात्र डिष्चार्ज हुन बाँकी रहेको उनले जानकारी दिए । त्यस्तै बाढीका कारण २० जना सम्पर्कबाहिर रहेकाले खोजी कार्य जारी रहेको उनको भनाई छ ।

प्रमुख जिल्ला अधिकारी पोखरेलले जिल्लाका अन्य स्थानमा पनि क्षती भएको जानकारी आएको बताए । मंगलबार राति आएको बाढीका कारण हेलम्बु र मेलम्चीमा अरर्वौको क्षती भएको छ । पानीको बहाव कम भएपछि स्थानीय र सुरक्षाकर्मीले डुबान क्षेत्रका घरबाट सामान निकाल्ने गरेका छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार