मनोज गजुरेल ताप्लेजुङ सिरीजङ्घा गाउँपालिकाका छोरा उपमानले सम्मानित

उज्यालो प्रतिनिधि ४ असार २०७८, शुक्रबार उज्यालो फोकस

प्रिशा बस्नेत, ताप्लेजुङ । चर्चित हास्यकलाकार मनोज गजुरेललाई ताप्लेजुङको सिरीजङ्घा गाउँपालिकाले सिरीजङ्घाको छोरो’ उपमाले समेत सम्मान गर्ने निर्णय गरेको हो । बिहीबार सम्पन्न नवौं गाउँसभाले गजुरेललाई सद्भावना पर्यटन दूत नियुक्त गरेको छ। गजुरेल सिरीजङ्घाको ६ नं वडा मामाङ्खेमा जन्मिएका हुन्। विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्र लगायत विभिन्न पर्यटकिय क्षेत्रको प्रवर्द्धन गरी पर्यटक भित्र्याउने लक्ष्य अनुरुप कलाकार गजुरेललाई पर्यटन दूत नियुक्त गरिएको गाउँपालिका प्रमुख टिकाराम गुरुङले बताए ।

कञ्चनजङ्घा हिमाल गाउँपालिकाको ८ नं वडा याम्फुदिनमा अवस्थित छ। गजुरेलको सक्रियताले ताप्लेजुङको पर्यटन प्रवर्द्धनमा उल्लेख्य उपलब्धि हासिल हुने प्रतिनिधिसभा सदस्य योगेश भट्टराई बताउँछन्। साथै याम्फुदिनको आम्जी खोलाबाट चेइराम हुँदै कञ्चनजङ्घाको दक्षिणी आधार शिविरसम्म सासिक पदमार्ग निर्माण आयोजनालाई गाउँपालिकाको गौरवको आयोजनाको रुपमा सञ्चालन गर्ने निर्णय गरेको प्रमुख प्रशासकिय अधिकृत सन्तोस घिमिरेले बताए। उक्त पालिकाले गत वर्षदेखि नै ‘सिरीजङ्घाको गौरव कञ्चनजंघा’ नामक अभियान सञ्चालन गरिरहेको छ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार