उद्धार र राहतमा खटिन सभापति देउवाको निर्देशन

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतमा खटिन पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन । उनले आज सामाजिक सञ्जालमार्फत केही दिनदेखि परेको अविरल वर्षाका कारण सिन्धुपाल्चोक, मनाङलगायत देशका विभिन्न क्षेत्रमा बाढी, पहिरो र कटानले विकराल रूप लिएको भन्दै कठिन अवस्थामा उद्धार र राहतमा खटिन नेता तथा कार्यकर्तालाई निर्देशन दिएका हुन ।

पूर्वप्रधानमन्त्री देउवाले सरकारलाई तत्काल विपद्मा परेका जनतालाई उद्धार गरेर सुरक्षित स्थानमा स्थानान्तरण गर्न र उनीहरुलाई आवश्यक राहत प्याकेज घोषणा गर्न मागसमेत गरेका छन । केही दिनदेखि परेको अविरल वर्षाका कारण मनाङमा दर्जनौँ घर बगाउनका साथै सिन्धुपाल्चोकको मेलम्ची बजारलगायत अन्य क्षेत्रमा समेत क्षति र दर्जनौँ व्यक्ति वेपत्ता भएका छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार