नारायणीमा पुनः पानीको बहाव बढ्दो क्रममा

चितवन । अहिले नारायणीमा पानीको बहाव बढिरहेको छ । गण्डकी र लुम्बिनीका धेरैजसो ठाउँमा पानी परेकाले नारायणी पानीको बहाव बढेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । विहानपख केही कम भएको पानीको सतह पुनः बढ्न थालेको हो ।

महाशाखाले बाग्लुङ, म्याग्दी, स्याङ्जा, चितवन र गुल्मीका तटीय क्षेत्रहरुमा चेतावनी जारी गरेको छ । अरु बाँकी प्रदेशका थोरै ठाउँमा पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो कर्णाली, वाग्मती, लुम्बिनी र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

भोलि र पर्सि तुलनात्मक रुपमा कम र त्यसपछि दुई दिन देशका धेरै ठाउँमा पानी पर्ने महाशाखाले जनाएको छ । मनसुनी वायुको प्रभावले केही दिनदेखि लगातार पानी परेको हो ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार