काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्रीमा पृथ्बीसुब्बा गुरुङले पनि दावी गरेका छन् । उनले केन्द्रमा एमाले अध्यक्ष खड्गप्रसादको बाटो समात्दै मुख्यमन्त्रीमा दावी गरेका हुन् ।
राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीको समर्थन रहेको भन्दै पत्र लिएर गुरुङले मुख्यमन्त्रीमा दावी गरेका हन् । यसअघि केद्रमा ओलीले पनि जसपाको महन्थ ठाकुर पक्षको समर्थन रहेको पत्रसहित प्रधानमन्त्रीमा दावी गरेका थिए । ओलीको यो दावीको कारण देखाउँदै राष्ट्रपतिले संसद विघटन गरेकी थिइन् ।
गुरूङले जनमोर्चाको कृष्ण थापाको पत्र र जसपाको महन्थ ठाकुर पक्षको पत्रसहित दाबी गरेका छन्। तर, जनता समाजवादीका सांसदहरूले भने आफूहरूको समर्थन विपक्षीलाई रहेको बताइरहेका छन्। बाबुराम भट्टराई निकट ती सांसदहरूले आफूहरूले हिजै विपक्षीलाई साथ दिन भन्दै हस्ताक्षरसमेत गरिसकेको बताए।
यद्यपी जनता समाजवादीको महन्त पक्षको प्रदेश समितिले मुख्यमन्त्रीमा पृथ्वीसुब्बालाई साथ रहेको पत्र प्रदेश प्रमुखलाई दिएको थियो।





