प्रधानमन्त्री ओलीविरुद्ध अभिव्यक्ति दिने वैद्यले लिखित माफी माग्नुपर्ने एमाले संसदीय दलको माग

उज्यालो प्रतिनिधि २९ जेष्ठ २०७८, शनिबार उज्यालो फोकस

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) वाग्मती प्रदेशसभा संसदीय दलले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिने नेपाली कांग्रेसका नेता तथा प्रदेशसभा सदस्य नरोत्तम वैद्यले लिखित माफी माग्नुपर्ने निर्णय गरेको छ ।

दलका नेता तथा मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा आज बसेको बैठकले प्रदेशसभा सदस्य वैद्यले राखेको अराजक तथा गैरराजनीतिक अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उक्त अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गर्ने निर्णय गरिएको दलका मुख्य सचेतक दीपक निरौलाले जानकारी दिए ।

यसैबीच प्रधानमन्त्री ओलीविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै चौतर्फी विरोध भएको छ । अभिव्यक्तिविरुद्ध एमाले मकवानपुर, युवासङ्घ, अनेमसङ्घलगायतले विज्ञप्ति निकालेर आक्रोश व्यक्त गरेका छन् । एमाले मकवानपुरले प्रतिवाद गर्न तयार रहेको जनाएको छ ।

“कांग्रेस, माओवादी, माधव नेपाल, उपेन्द्र यादव समूह अहिले ओलीका विरुद्ध राजनीतिक लडाइँमा पराजित भएपछि हत्या गर्ने योजनामा लागेकै हो ?, कांग्रेस लोकतान्त्रिक मान्यताबाट च्यूत भएकै हो ?, राष्ट्रिय स्वाभिमान, लोकतन्त्र, समृद्धिको मिशन बोकेर करोडौं जनताको हृदयमा बस्न सफल ओली एक्लै छैनन्, एमालेजन र ओली समर्थकहरु हातमा दही जमाएर बसेका छैनन्, हरपल प्रतिवाद गर्न तयार छन्”, एमाले मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठले सामाजिक सञ्जालमार्फत आक्रोश पोखेका छन ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार