सन्तानमा पढ्ने चाहना हराएपछि अभिभावकमा चिन्ता

उज्यालो प्रतिनिधि २७ जेष्ठ २०७८, बिहीबार उज्यालो फोकस

धनगढी । बढ्दो कोरोना सङ्क्रमणका कारण कैलालीमा लामो समय विद्यालय बन्द हुँदा घरमै बसिरहेका विद्यार्थीमा पढ्ने बानी हराउँदा अभिभावकमा चिन्ता थपिएकोे छ ।

कोरोना सङ्क्रमण तीव्र भएपछि गत वैशाखको पहिलो साताबाट जारी निषेधाज्ञा नखुल्दा घरपरिवारसँगै बसिरहेका विद्यार्थीमा मोबाइल चलाउने, टेलिभिजन हेर्ने तथा इन्टरनेटमा झुम्मिने बानीका कारण पढ्ने बानी कम भएपछि आफूहरूमा चिन्ता थपिएको अभिभावकहरुको भनाइ छ । नियमित अध्ययन र गृहकार्यको बोझ विद्यालय बन्द हुँदा कम भएको महसुस गरी आफ्ना अन्य गतिविधिमा विद्यार्थी व्यस्त हुँदापनि उनीहरूको पढ्ने चाहनामा कमी आउने शिक्षकहरूको भनाइ छ । आफ्ना सन्तानहरूको पढाइप्रतिको लगाव कम भएकाले अभिभावकले चिन्ता मानेर बस्नुभन्दा उनीहरूलाई पुस्तकसँग कसरी नजिक बनाउने भन्नेबारे सोच्नुपर्ने जानकारहरू बताउँछन् ।

पहिले कक्षामा राम्रै नतिजा ल्याउने तथा विद्यालयबाट घर फर्कने बित्तिकै खाना खाजा खाएर पढ्न बसिहाल्ने घोडाघोडी नगरपालिका–१० स्थित कान्ति राज्य लक्ष्मी माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत एक विद्यार्थीले निषेधाज्ञा भएदेखि हालसम्मको समयमा एकदिन पनि अध्ययनलाई ध्यान नदिँदा उनका अभिभावक अहिले चिन्तामा छन् । कक्षामा जहिले राम्रो नतिजा ल्याउने आफ्नो सन्तानको यस्तो अवस्था देखेपछि धेरै सम्झाइबुझाई गर्ने प्रयास गर्दागर्दै पढ्न नमानेको ती विद्यार्थीका अभिभावकले बताए ।

निषेधाज्ञाको समयमा घरमै बसिरहँदा शुरु शुरुमा पट्यार लागेका कारण मोबाइल चलाउने, टेलिभिजन हेर्ने तथा इन्टरनेटमा गेम खेलिरहने गरेका कारण पछि पनि जति सम्झाउँदा विद्यार्थीले पढ्नेकुरामा त्यति ध्यान नदिँदा समस्या आएको घोडाघोडी नगरपालिका–११ का हरिराम चौधरीले बताए । उनले भने, “कक्षा ८ मा अध्ययनरत आफ्नो १६ वर्षीय छोराले निषेधाज्ञाको समयमा एक पटक पनि किताब समाएर नबसेको देखेपछि बारम्बार सम्झाउँन खोजेपनि उनले पढ्नेतर्फ खासै ध्यान दिएन, आजभोलि त भन्न पनि छोडिदिए, जति भनेपनि पढ्न मान्दैनन् ।”

पढ्ने बानीको विकास त विद्यार्थीमा विद्यालयबाटै भएको हुन्छ तर त्यसमा अभिभावकको भूमिका पनि हुनुपर्छ नत्रभने लामो समय विद्यालय बन्द हुँदा विद्यार्थीमा स्वभाविकरुपमा पढ्ने चाहना तथा बानी कमजोर हुँदै जाने राष्ट्रिय कलेजका उपप्राध्यापक प्रभात बोगटीको भनाइ छ । विद्यालय नगई घरमै लामो समय बसिरहँदा अभिभावकले आफ्ना सन्तानलाई पाठ्यक्रमका पुस्तकसँगै अन्य रचनात्मक पुस्तकहरू अध्ययन गर्नलाई उत्प्रेरित गर्नुपर्ने उनले बताए । नियमित विद्यालय जानुनपर्दा विधार्थीलाई गृहकार्यको ठूलो बोझ हटेको महसुस हुने भएका कारण पनि पढ्ने चाहना कमी आउने भएकाले अभिभावकले आफ्ना बालबालिकालाई प्रेरणात्मक शैलीले पढ्ने वातावरण बनाउनुपर्ने उपप्राध्यापक बोगटीको भनाइ छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार