नयाँ दिल्ली । विश्वमा कोरोना संक्रमितको संख्या १६ करोड ४८ लाख ८० हजार ६१६ पुगेको छ । बितेको २४ घण्टामा ६ लाख ८ हजार ४६५ संक्रमित थपिएका छन् ।
सोही अवधिमा १३ हजार ८३३ को मृत्यु भएसँगै विश्वमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३४ लाख १८ हजार ५५ पुगेको छ।
विश्वमा सक्रिय संक्रमितको संख्या १ करोड ६४ लाख ४६ हजार १०४ छ । जसमध्ये १ लाख ८२५ जनाको स्वास्थ्य अवस्था गम्भीर छ ।
विश्वमा सबैभन्दा धेरै संक्रमण फैलिएको अमेरिमामा संक्रमित संख्या ३ करोड ३७ लाख ७४ हजार ९४५ पुगेको छ । बितेको २४ घण्टामा २७ हजार ५०६ संक्रमित थपिएका छन् । सोही अवधिमा ७३३ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म अमेरिकामा कोरोनाकै कारण मृत्यु हुनेको संख्या ६ लाख १ हजार ३३० पुगेको छ ।






