मदन-आश्रितको २८ औैं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइयो

काठमाडौँ । जननेता मदन भण्डारी र जीवराज आश्रितको २८ औैं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको जिप दुर्घटनामा निधन भएको थियो ।

सोही दिनको स्मरणमा नेकपा एमालेले हरेक वर्ष जेठ ३ गते विविध कार्यक्रम गर्दै आएको छ । दिवसका अवसरमा एमाले अध्यक्ष केपी ओली लगाएतका नेताहरु बल्खुस्थित पुरानो पार्टी कार्यालय परिसरमा भेला भएर मदन भण्डारीको शालिकमा माल्यार्पण गरेका छन् । कार्यक्रममा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओली, बामदेव गौतम, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, नेताहरु सुवास नेम्वाङ, कृष्णगोपाल श्रेष्ठ लगायत सहभागी थिए । एमालेले बल्खुस्थित पार्टी कार्यालय रहेको क्षेत्रलाई मदन भण्डारीको नामबाट ‘मदन नगर’ नामाकरण गरेको छ ।

मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद ‘जबज’को सिद्धान्त नेपालको कम्युनिष्ट आन्दोलनमा पृथक मानिन्छ ।

एमाले र अन्य कम्युनिष्ट पार्टीबाट पटक पटक प्रधानमत्री हुँदा समेत दासढुंगामा भएको मदन भण्डारीको रहस्यमय जिप दुर्घटनाको अलिहेसम्म छानविन हुन सकेको छैन । जिप त्रिशूली नदीमा खसेर दुर्घटना हुँदा भण्डारी र आश्रितको मृत्यु भएको थियो भने चालक अमर लामा बाँच्न सफल भएका थिए । लामाको २०६० सालमा हत्या भएपछि यो घटना झनै रहस्यमय बनेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार