जनप्रतिनिधिको सक्रियतामा ३२० अक्सिजन सिलिन्डर खोज

काठमाडौँ । नयाँ भेरियन्टसहितको कोभिड– १९ को सङ्क्रमण तीव्ररुपमा फैलिएका बेला गोकर्णेश्वर नगरपालिका–३ ले अक्सिजनका ३२० सिलिन्डर जम्मा गरेको छ ।

हस्तकला व्यवसायीको सहयोगमा घर एवं विभिन्न उद्योगमा पुगेर खाली तथा भरिएका गरी ३२० अक्सिजन सिलिन्डर जम्मा गरिएको वडाध्यक्ष राजेन्द्रकुमार भण्डारीले राससलाई जानकारी दिए । कोरोना सङ्क्रमित भई गम्भीर भएर अक्सिजनसहितको उपचार आवश्यक पर्नेका लागि घर घर डुलेर अक्सिजन सिलिन्डर जम्मा पारी नगर कार्यपालिकाको कार्यालयमा बुझाइएको हो ।

अक्सिजनको अभाव भई अस्पतालले कोरोना सङ्क्रमितलाई उपचारका लागि भर्ना गर्न नसकिने भन्दै सार्वजनिक सूचना जारी गर्न थालेपछि महानगरीय प्रभाग गोकर्णको सहयोगमा पछि फिर्ता गर्ने सर्तमा घर र उद्योगमा रहेका अक्सिजन सिलिन्डर जम्मा गरिएको हो । जनप्रतिनिधि, सुरक्षाकर्मीलगायत आएर प्रयोगपछि फिर्ता गर्ने प्रतिबद्धता जनाएर अक्सिजन सिलिन्डर जम्मा गर्न सहज भएको जनाइएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार