निषेधाज्ञा अबज्ञा गरी चलाइएका ६९७ ओटा सवारी साधनलाई होल्ड

उज्यालो प्रतिनिधि ३१ बैशाख २०७८, शुक्रबार उज्यालो फोकस

काठमाडौँ । कोभिड–१९ सङक्रमण रोकथामका लागि उपत्यकामा आगामी जेठ १३ गतेसम्म थप गरिएको निषेधाज्ञामा जारी छ ।

निषेधाज्ञाका कारण काठमाडौ उपत्यकाका सडकमा सवारी आवागमन निकै न्युन छ । काठमाडौँ उपत्यकामा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, एम्बुलेन्स र जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका अत्यावश्यक सेवाका सवारी साधन मात्र सञ्चालन भइरहेको प्रहरीले जनाएको छ ।

चोक चोकमा प्रहरीले चेकजाँचलाई कडा बनाएको छ । उपत्यकाका तीन जिल्ला (काठमाठौँ, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीसहितको बैठकले जेठ १३ गतेसम्म निषेधाज्ञा थप गरेको हो ।

शुक्रबार बिहान मात्र निषेधाज्ञाको अबज्ञा गरी चलाइएका ६९७ ओटा सवारी साधनलाई काठमाडौँ उपत्यकाको विभिन्न स्थानमा ट्राफिक प्रहरीले होल्ड गरेको छ । जसमा ५४५ वटा २ पाङग्रे, १०७ ओटा चारपाङ्ग्रे, २० ओटा ट्याक्सी र २५ वटा अन्य ठुला सवारी साधन रहेको ट्राफिक महाशाखाले जनाएको छ । हालसम्म मुलुकका अधिकांश स्थानमा निषेधाज्ञा जारी गरिएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार