ओली र नेपालबीच पार्टी विवाद टुंगाउने सहमति, फागुन २८ को निर्णय सच्चाउन ओली तयार

उज्यालो प्रतिनिधि ३० बैशाख २०७८, बिहीबार उज्यालो फोकस

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधव नेपालबीच पार्टी विवाद टुंगाउने सहमति भएको छ ।

ओली र नेपालबीच बिहीबार अपरान्ह बुढानिलकण्ठमा भएको भेटवार्तामा ओली फागुन २८ को निर्णय सच्चाउन तयार भएको हो । भेटका क्रममा विवाद समाधानका लागि कार्यदल बनाएर अगाडि बढ्ने सहमति भएको नेता नेपालले बताए ।

प्रधानमन्त्रीलाई ६ बुँदे शर्त राखेर लेखेको पत्रका विषयमा छलफल भएको उनले बताए । त्यस्तै फागुन २८ निर्णय फिर्ता गर्ने र जेठ २ को अबस्थामा फर्काउन एउटा विधि बनाएर जाने सहमति नजिक पुगेको उनले बताए । उनले बिभिन्न तहमा छलफल हुने भन्दै तत्कालका लागि राजीनामाको सम्भावना टरेको जानकारी दिए ।

यसअघि एमाले स्थायी कमिटी बैठकले माधव नेपाल सहित चार नेतालाई गरिएको कारवाही फुकुवा गर्ने निर्णय गरेको थियो ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार