झापामा पनि सोमबारबाट निषेधाज्ञा जारी

उज्यालो प्रतिनिधि २० बैशाख २०७८, सोमबार उज्यालो फोकस

झापा । झापामा पनि सोमबारबाट निषेधाज्ञा जारी गरिएको छ । दोस्रो लहरको कोरोना भाइरसको संक्रमण तीव्र गतिमा समुदायमा फैलिएको भन्दै जिल्ला प्रशासन कार्यालय झापाले एक साताका लागि निषेधाज्ञा जारी गरेको ।

निषेधाज्ञा उल्लङ्घन गर्ने र आदेशको अवहेलना गर्ने वा काममा बाधा पु¥याउने व्यक्तिलाई संक्रमण रोग नियन्त्रण ऐन २०२० तथा प्रचलित कानुन बमोजिम सजाय हुने झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिएका छन ।

निषेधाज्ञामा कुनै पनि भेला, जुलुस, सभा सम्मेलन, छलफल गोष्ठी नगर्ने, हाट बजार, मेला, जात्रा महोत्सव पार्टी, भोज लगायतको भिडभाड हुने कार्य नगर्ने नगराउने, अत्यावश्यक बाहेक १० वर्ष भन्दा मुनि तथा ६० वर्ष भन्दा माथिको उमेरका व्यक्तिहरू तथा दिर्घरोगीले कुनै पनि काममा घर बाहिर नजान आव्हान प्रशासनले गरेको छ । त्यस्तै सरकारी कार्यालय, बैङ्क तथा वित्तीय संस्था, बिमा एव राष्ट्र बैङ्कबाट इजाजत प्राप्त सहकारी संस्थाहरूले आफ्नो कार्यालय र कर्मचारीहरूको अवस्था हेरी सम्बन्धित माथिल्लो निकायको स्वीकृति लिई आलोपालो सेवा वा अत्यावश्यक सेवाबाहेक अन्य सेवा हाललाई स्थगित गर्ने निर्णय गरेको छ ।

सोही निर्णय बमोजिम जिल्ला अधिकांश सरकारी कार्यालय आइतबार सूचना जारी गर्दै अत्यावश्यक कामबाहेक सबै सेवा एक साताका लागि बन्द गरिसकेको प्रजिअ तिमिल्सिनाले जानकारी दिए । प्रहरीले झापाका मुख्य मुख्य चोक तथा बजारमा चेक जाँचमा कडाई गरिरहेको झापाका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सानुराम भट्टराईले जानकारी दिएका छन ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार