काठमाडौँ । सरकारले संस्कृतिविद सत्यमोहन जोशीको नाममा विद्यालय स्थापना गर्ने भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको जिवीत इतिहास बोक्नुभएका संस्कृतिविद जोशीको नाममा विद्यालय स्थापना गर्ने चहना व्यक्त गरेपछि सो सन्देश दिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठ जोशी निवास ललितपुर पुगेको थियो । मन्त्री श्रेष्ठले संस्कृतिविद् जोशीको नाममा सामुदायीक विद्यालय खोल्ने तयारी थाल्न र उहाले चाहेकै स्थानमा विद्यालय स्थापना गर्न सरकारले पहल थाल्ने बताएको थियो । उनको नाममा खुल्ने विद्यालय नेपालकै नमुनाको हुने र उत्कृष्ठ सामुदायीक विद्यालयको सुचीमा पर्ने बताए । मन्त्री श्रेष्ठले उनको स्वाथ्य अवस्थाबारे जानकारी लिएको थियो । उहाले राष्ट्रपति भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले समेत जोशीको स्वाथ्य अवस्थाबारे जानकारी लिन आग्रह गरेको बताए ।
आफ्नो निवास पुग्नुभएका मन्त्री श्रेष्ठ सहितको टोलीलाई अभिवादन गरेर स्वागत गर्दै १ सय १ वर्ष पुरा गर्नुभएका संस्कृतिविद जोशीले आफु स्वाथ्य भएको प्रतिक्रिया दिएको थियो । राष्ट्रप्रमुख एवं राष्ट्रपति विद्यादेवी भण्डारी र सरकार प्रमुख एवं प्रधनमन्त्री केपी ओलीको सन्देश लिएर आफ्नो निवासमा आउनु गौरब महशुस भएको उनले बताए ।
आउदो बैशाख ३० गते १ सय २ वर्ष वर्ष पुरा गर्नुहुने संस्कृतिविद जोशी जिवीत अवस्थामै उनको नाममा विद्यालय स्थापना गर्ने तयारी शुरु गरेको छ ।






