मेलम्चीको पानी वितरणको शुभारम्भ, कुन-कुन क्षेत्रमा पठाइयो

उज्यालो प्रतिनिधि १५ चैत्र २०७७, आईतवार उज्यालो फोकस

कठामाडौ । कठामाडौंको महाँकालचौरस्थित पुरानो पानीपोखरीबाट घरका धारामा पानी पठाएर मेलम्चीको पानी वितरणको शुभारम्भ गरिएको छ ।

आइतबार उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का कार्यकारी निर्देशक मिलन कुमार शाक्य, खानेपानी मन्त्रालयका पदाधिकारी र मेलम्ची खानेपानी आयोजनाका पदाधिकारीले पानी वितरणको शुभारम्भ गरेका हुन् ।

हाल पुराना पानीपोखरीहरुमा मेलम्चीको पानी भरी पुरानै पाइपलाइन र धाराहरुमा पानी दिने र नयाँ पाइपलाइनहरु परीक्षण गरी पानी थप गर्दै लैजाने केयूकेएलका कार्यकारी निर्देशक शाक्यले बताए ।

आइतबारदेखि नै देवकोटा सडक, बत्तिसपुतली, जयवागेश्वरी, चाबहिल, कुटुबहाल, सिफल, कालोपुल, धनवन्तरीमार्गलगायत क्षेत्रका धाराहरुमा पानी वितरण सुरु गरिएको उनले बताए ।

अहिले पहिलो चरणमा दैनिक चार करोड लिटर पानी वितरण भए पनि विस्तारै दैनिक साढे छ करोड लिटर पानी भित्रिने प्रमुख कार्यकारी अधिकृत शाक्यले बताए ।

कुन स्थानमा पानी जाने कता नजाने र कुन–कुन समयमा पानी आउने भनी सम्बन्धित शाखाले आ–आफ्नो फेसबुक पेजमा राखिरहेको उनले बताए । मेलम्ची खानेपानी आयोजनाले शुक्रबार सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रको परीक्षणका लागि पानी पठाएको थियो भने गत फागुन १० गते पानी परीक्षणका लागि सुरुङमा पठाएका थियो । विसं २०५६ मा मेलम्ची खानेपानी विकास समितिको गठन भएको थियो ।

 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार