ओली पार्टी अध्यक्ष भएपछि हामीहरु पीडित भयौ : नेता नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले अहिलेको वितण्डाको जिम्मेवार केपी शर्मा ओली भएको आरोप लगााएका छन ।

नेकपा एमाले नेपाल–खनाल समूहले बुधबार ललितपुर सानेपाको हेरिटेज गार्डेनमा आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले यस्तो आरोप लगाएको हो । केपी ओली पार्टी अध्यक्ष भएपछि आफूहरु पीडित भएको नेता नेपालले गुनासो गरे ।

विगतमा पनि पार्टीको बैठक बोलाइदिनु प¥यो भनेर ओलीलाई अनुनय विनय गर्दा पनि त्यसको सुनुवाई नभएको उनाले बताए ।

त्यस्तै नेता नेपालले मदन भण्डारी फाउण्डेशनको नाममा ओलीले पार्टीभित्र गुटबन्दीको सुरुवात गरेको जिकिर गरे । पार्टीमा टिकट वितरण, नियुक्ति तथा कार्यविभाजन लगायतका काममा ओलीले विभेद गरेको उनाको भनाई छ । प्रचार विभाग प्रमुख योगेश भट्टराईको नक्कली हस्ताक्षर गरेर राष्ट्रिय भेला स्थगित भएको गलत सूचना फैलाएको नेपालले बताए । नेपालले ओलीका साइबर स्यालहरु अझै पनि जिउँदै रहेको उल्लेख गरे ।

त्यस्तै भेलामा एमालेका वरिष्ठ नेता झलनाथ खनालले पार्टीभित्र केपी ओलीले गुटबन्दी सुरु गरेको आरोप लगाए । ओलीका कारण पार्टीभित्र विधि, पद्धति मिचिनुका साथै पार्टीमा वैचारिक र सैद्धान्तिक काम शून्य भएको उनको भनाई छ ।

त्यस्तै एमाले नेत्री अष्टलक्ष्मी शाक्यले पार्टी अध्यक्ष केपी ओलीको समूहले फागुन २८ गते गरेको निर्णय सच्याए मात्र छलफलमा बस्न सकिने स्पष्ट पारे । उनले अहिलेको अवस्थामा पार्टीलाई बिधी पद्धती अनुसार चलाउनुपर्ने जिकिर गरे।

राष्ट्रिय कार्यकर्ता भेलाबाट आगामी ३ महिनाको कार्यदिशा बनाउने सो पक्षले जनाएको छ । भेलामा पहिलो दिन सहभागीलाई विभिन्न १० वटा समूहमा विभाजन गरेर समूहगत छलफल भएको छ भने १० वटै समूहमा उठेका सुझावलाई एकीकृत गरी बिहीबारको बैठकमा प्रस्तुत गर्ने कार्यतालिका रहेको छ । बैठकले प्राप्त सुझावका आधारमा आगामी ३ महिनाका लागि कार्यदिशा बनाउने र त्यसलाई सभाले पारित गर्ने बताइएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार