खड्गप्रसादसङ्ग जसपाको तीन माग, सम्बोधन गर्न सकारात्मक

उज्यालो प्रतिनिधि २७ फाल्गुन २०७७, बिहीबार उज्यालो फोकस

काठमाडाैं । नेकपा (एमाले) र जनता समाजवादी पार्टी(जसपा) का शीर्ष नेताहरूको प्रधानमन्त्री केपी शर्मा ओलीसँगको उच्चस्तरीय भेटघाट बालुवाटारमा सकिएको छ ।

बैठकमा जसपाले सरकारमा सहभागी हुन राखेको तीनबुँदे सर्तमाथि प्रधानमन्त्री ओली सकारात्मक देखिएका बैठकमा सहभागी जसपाका एक नेताले बताए। जसमा संविधान संशोधन, रेशम चाैधरीको रिहाइ, कैदीबन्दीको मुद्दा फिर्तालगायत माग आफूहरूले राखेका ती नेताले बताए।

छलफलमा सहभागी प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले थाहाखबरसँग भने, ‘आजको बैठकमा धेरै विषय भए। छलफललाई निरन्तरता दिइने कुरा भएको छ। उहाँहरू (जसपा) ले उठाउनुभएको विषयप्रति प्रधानमन्त्री सकारात्मक देखिनुभएको छ। फेरि पनि यसबारे औपचारिक अनौपचारिक बैठक भइरहन्छ।’ जसपाका नेताहरूले प्रधानमन्त्रीसँग राखेका मागबारे भने उनले खुलाउन चाहेनन्। आगामी दिनमा फेर पनि बैठक बस्ने र यसबारे टुंगो लाग्ने उनले बताए।

प्रधानमन्त्री ओलीले बिहीबार एमालेका शीर्ष तहका नेतासँग जसपाको मागको विषयलाई लिएर छलफल गरेका थिए। ​

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार