बिएन्डसी अस्पतालको सम्बन्ध प्रक्रिया अघि बढिसक्यो : प्रधानमन्त्री

उज्यालो प्रतिनिधि १८ फाल्गुन २०७७, मंगलवार उज्यालो फोकस

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको बिएन्डसी अस्पताललाई मेडिकल कलेजको सम्बन्धन दिने प्रक्रिया अगाडि बढेको बताएका छन् ।

बिएन्डसीले निर्माण गरेको पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटनका लागि झापा पुगेका प्रधानमन्त्री ओलीले मेडिकल कलेजको सम्बन्धनको प्रक्रिया अगाडि बढेको जानकारी दिएका हुन् ।

उनले बिएन्डसीलाई काठमाडौं विश्वविद्यालयले सम्बन्धन दिन लागेको जानकारी पनि दिए ।

‘बिएन्डसी टिचिङ अस्पताल बनाउने काम अगाडि बढिसकेको काम उनै दुर्गा प्रसाईंलाई थाहा छ । यो काम अगाडि बढिसक्यो,’ प्रधानमन्त्री ओलीले भने, ‘अब यो अस्पताल अस्पतालका रुपमा मात्र होइन, शिक्षण अस्पतालको रुपमा हुन्छ। केही समयभित्रै शिक्षण अस्पतालका रुपमा अगाडि बढाउन हामीले प्रक्रिया अगाडि बढाइसकेका छौं । यसको सम्बन्धन काठमाडौं विश्वविद्यालयले दिँदै छ ।’

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार