मृत्युसंग किन डर लाग्छ ? मृत्यु पछि के हुन्छ ?

उज्यालो प्रतिनिधि १५ मंसिर २०७७, सोमबार रोचक बिचित्र

एजेन्सी ।मृत्यु शब्द सुन्ने बित्तिकै सबैभन्दा पहिले ‘सबैकुराको अन्त्य हुने’ सोच आउँछ। ‘सबैकुराको अन्त्य’ हुने सोच नै डरको कारण बन्न जान्छ। जे हुदैछ त्यसको अन्त्य होस्, हामी चाहदैनौ। तैपनि दुःखको अन्त्य होस भनि कामना गर्ने गर्छौ।

मृत्युले राम्रा वा नराम्रो दुवैमा परिवर्तन ल्याउँछ। मृत्यु पश्चात आत्मा एउटा शरिरबाट अर्को भौतिक शरिरको खोजीमा निस्कन्छ। अर्थात आत्मा एक नयाँ जीवनको खोजीमा बुढो शरिरलाई छोडिदिन्छ।

डरको सबैभन्दा ठुलो कारण मोह हो। यो जीवनको मोह, जीवनसंग जोडिएका मानिस अनि वस्तुको मोह। त्यसैले मृत्युसँग डर लाग्छ। मोहको कारण। केही मानिस यस्ता भेटिन्छन् जो मृत्युसंग डर मान्दैनन। मृत्युसंग डर नमान्नेले साँच्चैको जीवन जिएका हुन्छन्, जीवन जिउने कला जानेका हुन्छन्।

संसारको वास्तविकता जानेर पनि हामीलाई होस हुदैन, जीवन छ भने मृत्यु पनि हुनै पर्छ। किनकी संसार क्षणभरको छ, परिवर्तनशील छ। परिवर्तन संसारको रित हो। जसले परिवर्तन बुझेको हुन्छ उसले जीवनको यथार्थ बुझ्नसक्छ। यो लेख पढ्नसुरु गर्नु भएको तपाइ र यो वाक्य पढ्दै गरेको तपाई एउटै हुनुहुन्न। तपाइको शरिर परिवर्तनशील छ, कोष मर्ने अनि नयाँ बन्ने प्रक्रिया प्रत्येक पल भइरहेको छ। हाम्रो सोच भने फरक हुन्छ, जे भइरहेछ सधै रहन्छ झै व्यवहार गर्छौ।

यस्ता व्यवहारको पछाडी केही कारण छन्। हामीलाई जीवनको उद्धेश्य थाह नहुनाले यस्तो सोचिन्छ। जीवनको उद्धेश्य थाह पाउन हामीलाई कुनै चाख छैन। किनकी आफै बाटो बनाउन कठिन छ, त्यसैले त हामी त सदियौं देखि अन्यले देखाएको बाटो हिड्दैछौ।

मृत्यु पछि के हुन्छ र?

मृत्युपछि के हुन्छ, यो बहसको मात्र विषय हो। मृत्यु पछिको सत्यता जीवन छदै थाह पाउन सकिदैन। थाह नभएको विषय भएकाले नै मृत्युको डर लाग्ने गर्छ। मृत्यु पछिको सन्दर्भमा ‘स्वर्ग’ र ‘नर्क’ निकै प्रचलनमा रहेको विषय हो। तर ‘स्वर्ग’ र ‘नर्क’ जीवन छदै अनुभव गरिन्छ, जसको लागि मृत्यु नै पर्खनु पर्दैन। बालककाल देखि नै मृत्यु अनि स्वर्ग र नर्कको बारेमा धेरै विषय थाह भइसकेको भए पनि कुनै पनि तथ्य वा विचार भरपर्दा छैनन, झुक्याउनलाई भनिए जस्तै।

पुर्वजन्म र पुर्नजन्म

दगममजब बजबदयमजष्‘स्वर्ग’ र ‘नर्क’ मान्ने हो भने पुर्वजन्म र पुर्नजन्म पनि सम्भव देखिन्छ। पुर्वजन्म र पुर्नजन्म हुनु पछाडी धेरै कारण हुने गर्छन। जब सिद्धार्थ गौतम बुद्धले बुद्धत्व प्राप्त गरे उनले आफ्नो पुर्वजन्म नहुने बताएका थिए। बुद्धत्व प्राप्त हुनासाथ पुर्वजन्म अनि पुरै सृष्टीको बारेमा ज्ञान पाएका बुद्धले आफ्नो जीवनको लक्ष्य भेटेको र अब कुनै पुर्नजन्मको आवश्यकता नपर्ने हुनाले अर्को जन्म नहुने बताएका थिए। बर्षौंको ध्यानले उनले जीवनको यथार्थ जानेका थिए। बुद्धको अनुसार मृत्यु जीवको अन्त्य होइन। एउटा भौतिक शरिरले जीवनको सत्यको लागि गरेको प्रयत्न अनुसार अर्को जन्म निश्चित हुन्छ। उदाहरणको लागि तपाइले केही कुरा जान्न खोज्दै हुनुहुन्छ, एक दिन किताब खोज्न बिताउनुहोला, अर्को दिन एउटा किताब पढेरसक्नु होला, तेस्रो दिन सोही बिषयमा अन्यसंग छलफल गर्नुहोला, अर्को दिन सो विषयमा तपाइ ठुलो जानकार भइसक्नुहुनेछ। त्यसपछिका दिनमा तपाइले सो विषय खोजिरहनु पर्दैन। त्यसरीनै हाम्रो जन्म हुने गर्छ। प्रत्येक जन्ममा केही न केही सिकिन्छ जसले अर्को जन्ममा सहयोग गर्छ।

यो सन्दर्भ हिन्दु धर्मसंग पनि मेल खान्छ। लाखौ योनी हुदै मानव शरिरमा आत्माको जन्महुने धेरै पुराणमा सुनिदै आएको हो। साथै आत्मा अमर हुने विषय संसारका सबैजस्तो धर्म सम्प्रदायले बताउँछन्। शरिरको उमेर भएझै आत्माको पनि उमेर हुन्छ,आत्माको उमेरको बारेमा विस्तृतमा पढ्नुहोस्०। प्रत्येक जन्ममा सिकेका कुराले आत्माको उमेर तय गर्छ। जति आत्माको उमेर बढ्दै गयो त्यति नै जीवनको यथार्थको नजिक पुगिन्छ, बुद्धत्व प्राप्तिको बाटोमा अघि बढिन्छ। आखिर मृत्यु पनि जीवनको सत्यताको लागि आत्माले खोज्ने नयाँ शरिर हो, नयाँ बाटो हो,नयाँ अनुभव हो ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार