भगवान शिवको उत्पति कसरि भयो, पढौं एक पौराणिक कथा

उज्यालो प्रतिनिधि १२ मंसिर २०७७, शुक्रबार रोचक बिचित्र

हामी सबैको प्रिय भगवान शिवको जन्म भएको होईन, वहाँ स्वयंभू हुनुहुन्छ ।

तर पुराणहरुमा भने उनको उत्पत्तिको विवरण मिल्ने गर्छ ।

विष्णुपुराणको अनुसार परमपिता ब्रह्मा भगवान विष्णुको नाभिकमल बाट उत्पन्न हुनुभएको हो ।

जबकि शिव भगवान विष्णुको टाउकाको तेजबाट उत्पन्न हुनुभएको हो भनेर बताइएको छ।

श्रीमद्भागवतमहापुराण अनुसार एकपटक भगवान विष्णु र परमपिता ब्रह्मा अहंकारले अभिभूत भई

स्वयंलाई नै सर्वश्रेष्ठ बताई एक ( आपसमा झगडा गर्न थाले तब जलिरहेको खम्भाबाट भगवान शिव प्रगट हुनुभएको हो भनेर वर्णन गरिएको छ ।

विष्णुपुराणमा वर्णित भएको भगवान शिवको कथामा बालरूपको वर्णनगरिएको छ ।

यसको अनुसार परमपिता ब्रह्मालाई एउटा बच्चाको आवश्यकता थियो ।

यसको लागी वहांले तपस्या गर्नुभयो । तब अचानक उनको काखमा रुँदै गरेको एउटा बालक प्रगट भयो ।

जब ब्रह्माले बालकसंग रुनुको कारण सोधे तब ती बालकले भने कि उसको कुनै नाम छैन त्यसैले रोएको हो
ि
त्यसपछि परमपिता ब्रह्माले त्यस बालकको नाम ‘रुद्र’ राखे जसको अर्थ हुन्छ ‘रुनेवाला’।

त्यस नामले ती बालक चुप लागेनन् । त्यसैले परमपिता ब्रह्माले उनलाई अर्को पनि नाम दिए त्यसपछि पनि बालक चुप भएनन् ।

यस प्रकारले ती बालकलाई चुप गराउनको लागी ब्रह्माले आठवटा नामहरु दिए । पछी गएर भगवान शिव यिनै आठनामले प्रसिद्ध हुनुभयो ।

ती नामहरु हुन्( रुद्र, शर्व, भव, उग्र, भीम, पशुपति, ईशान, र महादेव । शिवपुराणको अनुसार यी नामहरु पृथ्वीमा लेखिएका थिए ।

यस पुराणको अनुसार जब पृथ्वी, आकाश, पाताल, समेत पूरा ब्रह्माण्ड जलमग्न थियो

तब ब्रह्मा, विष्णु र महेश को अलावा कुनै पनि देवता या प्राणीहरु थिएनन् ।

केवल भगवान विष्णु महासमुद्रमा आफ्नो शय्या शेषनागमाथि विश्राम गरिरहनुभएको थियो ।

त्यसपछि वहांको नाभी–कमलबाट ब्रह्माजी प्रगट हुनुभयो ।

ब्रह्मा र विष्णु जब सृष्टिको संबंधमा कुराकानी गरिरहनुभएको थियो तब भगवान शिव प्रगट हुनुभयो ।

परमपिता ब्रह्माले वहाँलाई चिन्न सक्नुभएन ।

त्यसपछि भगवान विष्णुले भगवान शिव रुष्ट हुने भयले परमपिता ब्रह्मालाई दिव्यदृष्टि प्रदान गरी स्मरण गराउनुभयो ।

दिव्यदृष्टिको प्रभावले परमपिता ब्रह्मालाई आफ्नो भूलको बोध भयो ।

त्यसपछि वहांले भगवान शिवसंग क्षमा माग्दै आफ्नो पुत्ररूपमा जन्म लिन आग्रह गर्दै आशीर्वाद माग्नुभयो ।

भगवान शिवले परमपिता ब्रह्माको प्रार्थना स्वीकार गरी वहाँलाई आशीर्वाद प्रदान गर्नुभयो।

पछी गएर सृष्टि गर्दा जब ब्रह्मालाई एउटा बच्चाको आवश्यकता पर्यो तब वहाँलाई भगवान शिवको आशीर्वाद स्मरण भयो ।

अनि ब्रह्माले तपस्या गरी भगवान शिवलाई पुत्ररूपमा प्राप्त गर्नुभयो ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार