काठमाडौँ । गीतकार यशु थापाको गीति एल्बम ‘नाम’ बजारमा आएको छ । बेल्जियमको राजधानी ब्रसेल्समा उक्त गीती एल्बम सार्वजनिक गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि एवम बेल्जियमका लागि नेपाली राजदुत लोकबहादुर थापाले गीत र भिडियो सार्वजनिक गर्दै विदेशमा पनि गीत संगीतको माध्यमद्वारा नेपाली कला संस्कृति जगेर्ना गर्नु राम्रो कुरा भएको र सफलताको शुभकामना व्यक्त गरे ।
कार्यक्रमका अतिथि एनआरएनए बेल्जियमका अध्यक्ष चित्र सुवेदीले सांगीतिक क्षेत्रमा निरन्तरता दिन आवश्यक रहेको बताए ।
गीतकार थापाले आफ्नो पहिलो एल्बम ‘गीताञ्जली’लाई स्रोता तथा दर्शकले माया गरे जसरी दोस्रो एल्बम ‘नाम’ लाई पनि माया गर्नेमा विश्वस्त रहेको बताए ।
विमोचित एल्बममा यसु थापाद्वारा रचित पाँच वटा गीत रहेका छन् । उक्त गीतमध्ये दुई वटामा राज सागरले तीन वटा र सुरज थापाले दुई वटामा संगीत दिनुभएको छ भने गायकमा आनन्द कार्की, अन्जु पन्त, निशा देसार, सुरज थापा र राज सागर रहनुभएको छ ।
सार्वजनिक गरिएको उक्त गीतमध्ये हाल दुई वटा गीतको भिडियो निर्माण गरिएको र सोको छायाङ्कन नेपाल र भारतमा गरिएको गीतकार थापाले जानकारी दिनुभयो ।
भिडियो






