कृषिमा रमाइरहेका गुल्मीका केसी : जो २० वर्ष भारतमै रुमल्लिए

मनोज कार्की २७ कार्तिक २०७७, बिहीबार उज्यालो फोकस

गुल्मी । कुनै पनि हुर्कँदै गरेको बालबालिकालाई कसैले के बन्छस् भनेर प्रश्न गर्‍यो भने त्यसको जवाफ अधिकांशले डाक्टर, इन्जिनियर, पाइलट, ठूलो मान्छे यस्तै यस्तै दिन्छन् ।

धेरै समाजले भोगेका यस्ता पात्रहरुलाई यसै बन्छु भन्ने यकिन त्यो समयमा भइसकेको हुन्नँ ।

बाल मस्तिष्कले त्यो बेलामा सुनेको त्यस्तै जवाफ टिपिक्कै टिपेर जस्ताको तस्तै समाजको अगाडी दर्शाएका हुन्छन् ।

तर, वास्तविक उसको जीवन त्यस्तै हुन्छ त ?

कतिपयले आफ्नो चाहना अनुसारको व्यवसाय गरेर बसेका छन् त कतिपय अहिलेपनि आफूले सोचेको भन्दा फरक पृष्ठभुमिमा काम गर्न बाध्य भएको प्रशस्त उदाहरणहरु बजारमा छन् । यसैबीच गुल्मीको कालिगण्डकी गाउँपालिकाका गंगा केसीको जीवनलाई फर्केर हेर्दा माथि उल्लेखित चित्र लगभग प्रष्ट हुन्छ ।

नेपालमा केही गर्छु भनेर लाग्दा विभिन्न व्यवसायमा लागेका केसी निराश बन्दै विदेश पलाएन भए । अन्ततः वैदेशिक पीडा भोग्दै अहिले उनी नेपालमै सक्रिय छन र सन्तुष्ट पनि ।

को हुन केसी ?
नेपालमा गर्छुभन्दा केही नभएपछि वैदेशिक यात्रा रोजेका केसीले भारतमा २० वर्ष बिताएका छन् । गुल्मीको कालिगण्डकी गाउँपालिकामा जन्मिएका केसीले लामो समय भारतमा बिताए । तर, अहिले उनी नेपालमै कृषि पेशासँगै राजनीतिमा रमाइरहेका छन् ।

जनमोर्चा पार्टी, कालिगण्डकी गाउँपालिकाका अध्यक्षसमेत रहेका केसीले गाउँकै व्यक्तिको २४ रोपनी जग्गा लिजमा लिएर कृषि फर्म संचालन गरेका हुन् । जीवनको आधा उमेरभन्दा बढी अन्य असफल काम र वैदेशिक यात्रामा रुमलिएकाले केही वर्षदेखि खुसी साट्न जानेका छन् ।

गंगा केसी

दिनप्रतिदिन रोजगारीको सिलसिलामा वैदेशिक यात्रामा लागेका युवाहरुका लागि उनी प्रेरणाको स्रोत बनेका छन् । बिहानदेखि बेलुकासम्म कृषि काम गरेर पाएको खुसी उनले यसअघि अनुभव गरेका छैनन् ।

उज्यालो नेटवर्कसँग कुराकानी गर्दै केसी भन्छन्, ‘हजारौं युवाहरु वैदेशिक रोजगारीका लागि दिनप्रतिदिन लाइनमा हुनुहुन्छ । यदी मनैदेखि सोचेर लाग्ने हो भने नेपालमै कृषिकर्मबाट केही गर्न सकिन्छ ।’

कृषिसँगै उनले राजनीतिक क्रियाकलाप छाडेका छैनन् । ४ लाखमा ४ वटा गाईबाट सुरु गरेको फर्मममा अहिले १० भन्दा बढी गाई छन् । केसीका अनुसार फर्ममा अहिले १५ लाखभन्दा बढी लगानी उनले गरिसकेका छन् ।

निरन्तरताको सक्रियतापछि उनलाई अहिले गाउँपालिकाले अनुदान २ लाख ५० हजार, गोठ सुधारको लागि १ लाख , प्रोत्साहन स्वरुप ७० हजार गरि ४ लाख २० हजार अनुदान दिएको छ ।

साथै, उनले बेकरी, बाख्रापालन लगायतका व्यवसायको अनुभव बटुल्दै आएका छन् ।

केसीले दैनिक गाउँपालिकाको केन्द्र पुर्तिघाटको बजारमा २५ देखि ३० लिटर दुध बिक्रि गर्ने गरेका छन् ।

उहाँले दुध,धान र मौसम अनुशारका तरकारी बिक्रि गरी बार्षिक ६ लाख आम्दानी गर्दै आएको सुनाए ।

उनको अनुरोध छ, ‘युवाहरु विदेश नगई आफ्नै भूमिमा केही गर्न सकिन्छ भन्ने विश्वास लिएर काम गर्नपपर्‍यो ।’

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार