काठमाडौँ । गायिका निर्मला घिसिङ र गायक राजु लामाको आवाजमा रहेको “तिम्रो साथ बिना” बोलको गीत बजारमा आएको छ । आज काठमाडौँको दरबारमार्गस्थित पत्रकार सम्मेलन गरी उक्त गीत सार्वजानिक गरिएको हो ।
निमा दोङले संगीत गरेको उक्त गीत कुमार स्याङ्बाले लेखेका हुन भने दिपेश प्रधानले मिक्सिङ गरेका हुन ।
भिडियोलाई चक्र महर्जन र बिक्रम मोक्तानले छायांकन, बिक्रम मोक्तानले ड्रोन, अजय स्याङ्तानले सम्पादन र निर्देशन गरेका हुन । भिडियोमा आस्मान तामाङ वाइबा र अमिता दोङ्को अभिनय रहेको छ ।
भिडियो हेर्नुहोस ।


















