गाउँपालिकाले उधमशील बन्न चाहनेलाई १ प्रतिशतमा कर्जा दिने

उज्यालो प्रतिनिधि ३१ भाद्र २०७७, बुधबार अर्थ

सिन्धुपाल्चोक । लिसँखुपाखर गाउँपालिकाले उधमशील बन्न चाहने बेरोजगार तथा विपन्न नागरिकलाई १ प्रतिशत ब्याजदरमा सहुलियत उद्यमव्यवसाय कर्जा प्रदान गर्ने भएको छ । उद्यमीले आर्थिक शसक्तिकरणमार्फत गाउँपालिकालाई कृषि, पशुपंक्षीपालन तथा लघु, घरेलु उद्योगजन्य उत्पादनलगायत निर्यातयोग्य सामग्री गाउँपालिकामा उत्पादन गरी समग्र गाउँपालिकाकोे आर्थिक सामाजिक विकासमा टेवा पु¥र्याउन लिसँखुपाखर गाउँपालिका र नेपाल बंैक केन्द्रीय कार्यालयबीच यही मङ्गलबार सम्झौता गरेको छ ।

गाउँपालिका र बैंकबीच सम्झौताले गाउँवासीमा खुशी छाएको छ । व्यावसायिक हुने आँट भएका तर आर्थिक अभावमा भौतारीएका लिसँखुपाखरका स्थानीयका लागि साह्रै सुखद् खबर भएको गाउँपालिका अध्यक्ष कमल नेपालले बताउनुभयो । पालिकाभित्र हरेक वडाका लक्षित नागरिकमध्ये अति आवश्यक र गर्न सक्ने दुवै विषय समेटेर काम अगाडि बढाइने नेपालले बताउनुभयो ।

पालीकाका कोही पनि नागरिक बेरोजगार रहन नपरोस्, सबैले रोजगार पाउँन् र सबै आत्मनिर्भर बन्न सकुन् भन्दै गत वर्षदेखि यस्तो कार्यक्रमको शुरुआत गरिएको गाउँपालिकाले जनाएको छ । आर्थिक अभावले गर्दा उद्योग व्यवसाय गर्नबाट बञ्चित भएका युवाका लागि गाउँपालिकाले राम्रो कार्यको थालनी गरेको प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले बताउनुभयो । यो कार्यक्रमले खेती किसान र पशुपालकलाई समेत धेरै सहज भएको दुलालले बताउनुभयो ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार