फ्रान्समा कोरोना महामारी पुन: नियन्त्रणबाहिर

उज्यालो प्रतिनिधि १४ भाद्र २०७७, आईतवार विश्व

काठमाण्डौ । फ्रान्समा कोरोना भाइरसको महामारी फेरि नियन्त्रणबाहिर पुुगेको छ । शुक्रबार संक्रमित हुनेको संख्या विगत ५ महिनायताकै सर्वाधिकरह्यो ।
राष्ट्रपति इम्मानुुयल माक्रोनले देशलाई अर्को लकडाउनबाट जोगाउनका लागि सक्दो सबै कोसिस गरिने बताएका छन् । शुक्रबार ७ हजार ३ सय ७९ जनामा संक्रमण देखियो, फ्रान्समा मार्च ३१ मा सर्वाधिक ७ हजार ५ सय ७८ जनामा संक्रमण देखिएको थियो । अहिलेको संख्या त्यसयताको सर्वाधिक हो ।

त्यस्तै २० जनाले शुक्रबार ज्यान गुमाए । फ्रान्सले यसअघि मार्चयता पहिलोपटक विद्यालय खोल्ने तयारी गरेको थियो । अवस्था सामान्य नै रहेको भए आगामी साता मंगलबारबाट विद्यालय खोल्ने योजना बनेको थियो । तर, सिंगो युरोपमै महामारीको दोस्रो लहर फैलिएका बेला फ्रान्समा भयावह अवस्था सिर्जना भयो । पोर्चुगलमा पनि कोरोना भाइरस संक्रमितको संख्या बढ्दै छ । त्य

संक्रमितको बढ्दो संख्याले विभिन्न देशका सरकारलाई फेरि सटडाउट गर्न बाध्य बनाउने सम्भावना पनि निम्त्याएको छ । फ्रान्सका राष्ट्रपति माक्रोनले कुनै पनि परिस्थितीलाई स्विकार गर्न सकिने अवस्था नरहेको बताएका छन् । ‘हामीले अर्को लकडाउन रोक्नका लागि र खासगरी राष्ट्रव्यापी लकडाउन रोक्नका लागि सक्दो सबै गरेका छौं,’ माक्रोनले भने ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार