सउल । दक्षिण कोरियामा सरकारविरोधी प्रदर्शनमा हजारौं नागरिकहरु सडकमा आएका छन् ।
स्वास्थ्य अधिकारीहरुले चेतावनी दिएको भएतापनि राजधानी सउलमा भएको प्रदर्शनमा दशौं हजार नागरिक सहभागी भएका हुन् ।
त्यहाँ हिजोमात्रै १ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियाे । गएको पाँच महिनामा एकैदिन कोरोना सङ्क्रमित धेरै थपिएकाे यो पहिलोपटक भएको बीबीसीले जनाएको छ । योसँगै दक्षिण कोरियामा कोरोना संक्रमितको संख्या १५ हजार नाघेको छ ।
सेउल सहर प्रशासनले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि लगाइएको प्रतिबन्ध उल्लघंन हुने भन्दै प्रदर्शनको लागि अनुमति दिएको थिएन ।
राष्ट्रपति मून जेई इनको नीतिको विरोधमा प्रदर्शन भएको खबरमा उल्लेख गरिएको छ । एजेन्सी






