काठमाडौं । विश्वभर कोरोना संक्रमितको संख्या २ करोड ७ लाख नाघेको छ ।
वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा २ लाख ७५ हजार ६९ जनामा संक्रमण पुष्टि भएको छ ।
योसँगै विश्वभर संक्रमित हुनेको संख्या २ करोड ७ लाख ८६ हजार ८५५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा मात्रै ६ हजार ६५१ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ ।
योसँगै मृत्यु हुनेको संख्या ७ लाख ५१ हजार ५६० पुगेको छ ।
१ करोड ३६ लाख ८९ हजार ९७६ जना संक्रमणमुक्त भएका छन् ।






