काठमाडौं । भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४७ हजार नाघेको छ ।
वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा ९५० जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ४७ हजार १३८ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ६७ हजार ६६ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या २३ लाख ९५ हजार ४७१ पुगेको छ ।
संक्रमितमध्ये अहिलेसम्म १६ लाख ९५ हजार ८६० जना संक्रमणमुक्त भएका छन् भने ६ लाख ५२ हजार ४७३ जनाको उपचार भइरहेको छ ।






