मानव तस्करको संरक्षणमा एनआरएन युएई !

उज्यालो प्रतिनिधि २८ श्रावण २०७७, बुधबार मुख्य नेटवर्क

अनिश तामाङ/युएई ।

विश्वभरका नेपालीहरुको ठुलो छाता संगठन एनआरएनको युएई शाखा कोरोनाको बेला नेपालीहरुको साहारा बनेर उभिएको भन्दै सबै नेपालीहरुले प्रशंसा गरे । तर यतिबेला यो संगठनले मानव तस्करहरुलाई संरक्षण गरेको भन्दै विवादमा तानिएको छ ।

काठमाण्डौ स्थित तीनजुरे ईम्प्लोइमेन्ट सर्भिसेज प्रालीकी जनसंपर्क अधिकृत सिर्जना अधिकारी र दुबइ बस्ने श्याम थापाले ६३ जना नेपालीहरुलाई बेलायत लैजाने भन्दै गत डिसेम्बर महिनामा ९ देखि १० लाख रुपैयाँ उठाएर दुबईमा अलपत्र बनाएपछि ती पीडितहरु एनआरएन कहाँ न्याय माग्न पुग्दा एनआरएन निकट व्यक्तिहरुबाट नै कुटिए पछि एनआरएन युएई दलालहरुको पक्षमा रहेको प्रष्ट देखिन्छ ।

एनआरएन दुबइका उपाध्यक्षसँग फरार अभियुक्त ।

 

दलाल श्याम थापाले बेलायत भनेर दुबइ पुर्याएर त्यही नै नै काम लगाइदिन्छु भन्दै ७ हजार ५ सय दिर्हामको नक्कली सम्झौता पत्र बनाएर दुबइमा काम गर्न लोभ्याए । थापाले उनिहरुलाई नक्कली ईम्प्लोईमेन्ट भिसा दिए र झुक्याए । अन्तत थापाले दिएको सम्झौता पत्र र भिसा नक्कली भएको थाहा पाए पछि पीडितहरुले दुताबास र एनआरएनलाई सहयोग उद्दारको लागि गुहार्न पुगेका थिए ।

दुताबासमा उजुरी गरेको थाहा पाए पछि गत शुक्रबार बेलुकी श्याम थापाले एनआरएन दुबइ क्षेत्रका अध्यक्ष भीम मल्लको साथमा केही गुण्डा केटाहरु लिएर पीडित टिकाराम बोहोरा र मनोहर केसीलाई दुबईको बरदुबईमा बोलाए । उनिहरु आफ्नो पासपोर्ट पाउने आशामा बरदुबई पुग्दा १० जनाको समुहमा रहेको एनआरएन दुबईका अध्यक्ष भिम मल्ल र उपाध्यक्ष निराजन खत्रि(एरिक) निकट राजन खड्का बताउने, राजन विश्वकर्मा, केदारमान श्रेष्ठ(अर्जुन) नाम गरेका गुन्डाहरुले बोहोरालाई अन्धाधुन्ध आक्रमण गरेका थिए ।

 

फरार अभियुक्त राजिन विश्वकर्मा र केदारनाथ श्रेष्ठ(अर्जुन)

उक्त घट्नलाई लिएर उज्यालो नेटवर्कले “एनआरएन दुबई अध्यक्षको सामुन्ने पीडित नेपाली कुटिए” शिर्षकमा समाचार प्रकाशन पछि एनआरएन युएईले खण्डन वक्तव्य प्रकाशित गरी उल्टै पीडितहरु टिकाराम बोहोरा र मनोहर केसीलाई दलालको ट्याग भिराएर प्रचार गरेको छ । विना तथ्य विना प्रमाण पीडितहरुलाई उल्टो तस्करको आरोप लगाउन एनआरएन युएईलाई कसले अधिकार दियो भन्ने पनि सवाल उठेको छ नै एनआरएन स्वयम दलालको अभिभवक बनेर उभिएको छ ।

दलाल श्याम थापा

उक्त खण्डन वक्तव्यको विषयमा एनआरएन युएईका अध्यक्ष प्रकाश कोइरालासँग बुझ्दा खण्डन वक्तव्य कुनै व्यक्तिले संस्थामा छलफल नगरी निकालेको बताए । कोईरालाले उक्त वक्तव्यमा आफुले हस्ताक्षर समेत नगरेको बताए । एनआरएन युएईका एक सदस्यका अनुसार नेपाल एसोसिएसन, एनआरएनए युएईको लेटर हेडमा निकलिएको खण्डन मनोनित उपाध्यक्ष नरेश सेनले संस्थाको लेटर हेड दुरुपायोग गर्दै आफुखुसी निकालेका थिए । सो सम्बन्धमा अहिले संस्था भित्र बिबाद चलिरहेको र सेनलाई समेत कारबाही गर्न आवाज उठेको ती सदस्यले उज्यालोलाई बताएका छन् । एनआरएन युएईको कार्यसमितीको छलफल ग्रुपमा सेनले अश्लील भाषा बोल्दै आफुलाई कारबाही गरेर देखाउन चुनौती दिएका छन् ।

पीडित बोहरा

पीडित बोहरा र केसीलाई कुट्ने मुख्य अभियुक्त खड्का र श्रेष्ठ हाल सम्म फरार छन् । गोर्खा घर बताएका केदारमान श्रेष्ठ (पासपोर्ट नम्बर १०७६३५६५) र कास्की घर बताउने राजिन विश्वकर्मा (पासपोर्ट नम्बर १०३४१३२७) लाई एनआरएन अध्यक्ष भिम मल्ल र उपाध्यक्ष निराजन खत्री(एरिक) ले संरक्षण गरेर राखेको पीडितहरुले आरोप लगाएका छन् । उनिहरु शनिबार राती दुबइ अध्यक्ष मल्लको फेसबूकबाट लाईभ आएकोले पनि उनिहरु मल्लकै सँरक्षणमा रहेको पुष्टी भएको छ । उता एनआरएन अध्यक्ष प्रकाश कोईरला भने मल्ल निर्दोश भएको भन्दै बचाउमा उत्रेका छन् । कोइरालाको उक्त भनाईले या त कोईरालालाई गुमराहमा राखिएको हो या त उनको पनि मिलेमतो छ खोजिनु पर्ने माग उठ्न थालेको छ ।

पीडितलाई कुट्ने ती गुन्डाहरु उपाध्यक्ष निराजन खत्रि सँग कति सम्म घनिष्टता थियो भन्ने कुरा उनका फेसबुक चेक गर्द हामीलाई विभिन्न ठाउँँ खिचेका तस्बिरहरु र भिडियो समेत प्राप्त भएको छ ।

पीडितले एनआरएनलाई लेखेको निवेदन ।

पटक पटक ती गुण्डा केटाहरू श्याम थापाले लिएर आएको बताए पनि अध्यक्ष मल्ल र उपाध्यक्ष खत्रीका केटाहरू हुन भन्ने समेत खुलेको छ । आफ्नो केटाहरू भएको कारणले नै कुटिएपछि पनि आन्तरिक रुपमा मिल्न एनआरएन दुबईका अध्यक्ष मल्लले दबाब दिएको र हाल ती केटाहरूको केस आन्तरिक रुपमा मिलाउन सेन, मल्ल र खत्री धौडधुप गरिरहेको समेत खुलेको छ ।

दलालको संरक्षण गरी पीडितलाई नै नक्कली दलाल बनाई निकालीएको एनआरएन युएईको बिज्ञप्ति
 

विगतमा दलाल श्याम थापाले पटक पटक आफ्नो एनआरएन युएईका विशिष्ट व्यक्तिहरुसँग पहुँच रहेको कुरा घट्ना र व्यबहारले खुल्दै आएको छ । एनआरएनकै प्रतिनिधिहरुको दबाबको कारण अरु पीडितहरु उद्धार हुँदै गर्दा न्यायका लागि नेपाली दूतावास र एनआरएन आईसीसीमा निवेदन दिएका बोहरा र केसीको भने हालसम्म उद्धार भएको छैन । केसको छानबीन दुबइ प्रहरीले गरिरहेको छ । साथै पीडितहरुले नेपाल सरकारका बिभिन्न निकायहरुमा कारबाहीको लागि निबेदन दिएको बुझिएको छ ।

 

 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार