काठमाडौं । ब्राजिलमा कोरोना संक्रमितको संख्या ३१ लाख १२ हजार ३९३ पुगेको छ ।
२४ घण्टामा ५४ लाख ९२३ संक्रमित थपिएका छन् ।
त्यस्तै बितेको २४ घण्टामा ब्राजिलमा १ हजार २४२ जनाले ज्यान गुमाएका छन् ।
योसँगै ज्यान गुमाउनेको संख्या १ लाख ३ हजार ९९ पुगेको छ ।
संक्रमित २२ लाख ४३ हजार १२४ जना कोरोनालाई जितेर घर फर्किएका छन् ।
७ लाख ७७ हजार १७० जनामा सक्रिय संक्रमण छ ।
जसमध्ये ८ हजार ३१८ जनाको अवस्था गम्भीर छ ।
ब्राजिल अमेरिकापछि धेरै संक्रमित भएको देश हो ।






