गर्भवतीको हेलिकप्टरबाट उद्धार

उज्यालो प्रतिनिधि २२ श्रावण २०७७, बिहीबार बागमती

चौतारा । सिन्धुपाल्चोककी एक गर्भवतीको हेलिकप्टरबाट उद्धार गरी उपचारका लागि काठमाडौं ल्याइएको छ ।
पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्बर ६ कि ३४ वर्षीय पासाङ लामालाई स्थानीय स्वास्थ्य चौकीमा सुत्केरी गराउन नसकेपछि बिहीबार दिउँसो हेलिकप्टरबाट उद्धार गरी काठमाडौंको थापाथलीस्थित परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालमा उपचारको व्यवस्था मिलाइएको हो । २१ गते बुधबार बेलुका सुत्केरी व्यथाले च्यापेपछि उनलाई स्थानीय थाङपालधाप स्वास्थ्य चौकी पु¥याइएको थियो ।

तर पेटमा रहेको शिशुको स्वास्थ्य अवस्था असुरक्षित देखिएको र यस अघि समेत उनले मृत्य बच्चा जन्माएको हुनाले हवाई उद्धारका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई सिफारिस गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक आत्माराम धितालले जानकारी दिनु भयो । सो सिफारिसबारे मन्त्रालयले जानकारी पाएलगत्तै हवाई उद्धारको आवश्यक व्यवस्था मिलाएको थियो । अस्पतालमा पु¥याइएको आधा घण्टा पनि नबित्दै पासाङले बच्चालाई जन्म दिएको अस्पतालले जनाएको छ । गाउँपालिकाका अध्यक्ष टासी लामाले मन्त्री पार्वत गुरुङलाई सम्पर्क गरेपछि उद्धारका लागि तत्काल आवश्यक व्यवस्था मिलाइएको थियो ।

यस मन्त्रालय अन्तरगतको राष्ट्रपति महिला उत्थान कार्यक्रमले दूर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीको निःशुल्क हेलिकप्टरबाट उद्धार गरी उपचारको व्यवस्था गर्दै आएको छ । हालसम्म ११९ जना ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीको हवाई उद्धार गरी उपचारको व्यवस्था मिलाइएको कार्यक्रम समन्वय इकाईकी प्रमुख महिला विकास अधिकृत अञ्जु ढुंगानाले बताउनु भयो ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार