काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट ब्राजिलमा मृत्यु हुनेको संख्या ८६ हजार नाघेको छ ।
वल्डोमिटर्सका अनुसार थप १ हजार १११ जनाको मृत्यु भएको छ । योसँगै ब्राजिलमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ८६ हजार ४९६ पुगेको हो ।
हालसम्म ब्राजिलमा २३ लाख ९६ हजार ४३४ संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा ४८ हजार २३४ जनामा संक्रमण पुष्टि भएको छ ।
संक्रमितमध्ये १६ लाख १७ हजार ४८० जना संक्रमणमुक्त भएका छन् भने ६ लाख ९२ हजार ४५८ जनाको उपचार भइरहेको छ ।






