काठमाडौं । अमेरिकामा एकै ७७ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
वर्ल्डोमिटर्सका अनुसार अमेरिकामा एकै दिन ७७ हजार ८८५ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या ४२ लाख ४८ हजार २०३ पुगेको छ।
एकै दिन १ हजार १२९ जनाको मृत्यु भएपछि अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ४८ हजार ४७८ पुगेको छ ।
संक्रमितमध्ये अहिलेसम्म २० लाख २७ हजार ६१५ जना संक्रमणमुक्त भएका छन् ।
उपचार गराइरहेका २० लाख ७२ हजार ११० जनामध्ये १९ हजार १०० जनाको अवस्था गम्भीर रहेको छ ।






